Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महिला खुलातर्फ डिला संग्रौलाले सबैभन्दा धेरै मत पाउँदा तेस्रो भइन् आरजु, कसले कति पाए मत ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महिला खुलातर्फ केन्द्रीय सदस्यमा ९ जना निर्वाचित भएका छन् ।

९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् । डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट एक जना मात्रै खुला महिलातर्फ केन्द्रीय सदस्य विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार डा. डिला संग्रौला, पुष्पा भुसाल, डा. आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार डा. संग्रौला ससर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन् । उनले २८८५ मत पाइन्। दोस्रो नम्बरमा पुष्पा भुसाल छिन् । उनी २७१८ मत ल्याएर विजयी भइन् । डा.राणा देउवाले २५३६ मत ल्याएर विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077