Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टीबाट निस्कासनमा परेका मिलन पाण्डेले भने- कारबाही अवैध छ, अस्वीकार गर्छु (विज्ञप्तिसहित)

काठमाडौं । विवेकशील साझा पार्टीबाट निस्कासित भएका संयोजक मिलन पाण्डेले आफूमाथि पार्टीले गरेको कारबाहीलाई अस्वीकार गरेका छन्।

मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो । तर पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताए ।

‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’ पाण्डेले भनेका छन् ।

यस्तै, मंगलबार बिहान विवेकशील साझा पार्टीमा हालका केन्द्रीय समिति सदस्य समेत रहेको २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा गरेको पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077