Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल एयरलाइन्सद्वारा नयाँ जहाज किन्न सरकार समक्ष १५ अर्ब माग

काठमाडौं । नेपाल वायुसेवा कम्पनी (नेपाल एयरलाइन्स)ले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।

मंगलबार निगममा आयोजित एक कार्यक्रममा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकमको माग गरेका हुन् ।

'हामी नयाँ जहाज किन्ने योजनामा छौं,' कार्यक्रममा पर्यटनमन्त्री समक्ष अधिकारीले भने, 'हामी कर्मचारीको तलबमा लगाउँदैनौं, यो रकम पुँजी वृद्धिका लागि प्राप्त होस्।’

निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको अध्यक्ष अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077