Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुस १, ५ र ६ लुटतन्त्रका बिम्ब हुन्, सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ: मिलन पाण्डे

काठमाडौँ । विवेकशील साझा पार्टीका निष्कासनमा परेका संयोजक मिलन पाण्डेले आफूमाथि अवैधानिक रुपमा कारबाही गरिएको भन्दै उक्त कारवाही अबैध रहेको बताएका छन्। मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो । तर पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताए । यस्तै, संयोजक पाण्डेले गत वर्षको पुष एक गते र पाँच (प्रतिनिधिसभा बिघटन) गतेको स्मरण गर्दै आजको दिन पनि उस्तै रहेको टिप्पणी गरेका छन्। पाण्डेले सामाजिक संजालमार्फत आफूलाई पार्टीले गरेको कारवाही अबैध रहेको भन्दै तानाशाहीको पतन निश्चित हुने उल्लेख गरेका छन्। यसअघि पनि अध्यक्ष मिश्रले गरेको राजतन्त्रात्मक प्रस्ताव अस्वीकार गरेका पाण्डेले सामाजिक सञ्जालमार्फत् पुन उक्त प्रस्ताव मान्न नसकिने बताएका छन्। ट्वीटरमा पाण्डेले लेखेका छन्, 'त्यो पुस १, त्यो पुस ५ अनि, आज पुस ६... यी दिन लूटतन्त्रका बिम्ब हुन्। तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ती सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन। सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077