Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीआईबीद्वारा ललिता निवास प्रकरणका बिचौलिया सुवेदी दम्पती पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ललितानिवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेको छ।

सुबेदी दम्पतीलाई गएराती स्वयम्भूबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार ललिता निवास प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर उक्त जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको अनुसन्धानबाट खुलेको छ।

सुबेदीले २०४९, २०६२, २०६६ /६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपेको अनुसन्धानबाट पुष्टि भएको थियो।

उक्त प्रक्ररणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध बिगो कैदसहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित विषेश अदातलमा मुद्दा दायर गरेको थियो । अख्तियारको अनुसन्धानपछि  सुवेदी दम्पती फरार थिए ।

पक्राउ परेका सुबेदी दम्पतीलाई सीआईबीले ललिता निवास प्रकरणको किर्ते मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौं अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077