Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सांसदहरुलाई सभामुखले भने- संसद अवरुद्ध हुँदा जनतामा निराशा छाएको छ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुलाई संसद् अवरुद्ध नगर्न आग्रह गरेका छन् ।

बुधबार बसेको संसदको १०औँ अधिवेशनको तेस्रो बैठकको सुरुमै एमाले सांसदहरुले विरोध जनाएपछि सभामुख सापकोटाले जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधिसभा अवरुद्ध नगर्न आग्रह गरे ।

‘हाम्रो कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले बोल्न पाउनुपर्छ । जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधिसभा अवरुद्ध हुँदा जनतामा एक प्रकारको निराशाको भाव पैदा भएको छ,'सभामुख सापकोटाले भने, 'म तपाईहरुलाई विशेषरुपमा आग्रह गर्न चाहन्छु आफ्ना भनाइ राख्न बैठकलाई सूचारु रुपमा सञ्चालन गर्ने वातावरण बनाइदिनुहोस्।'

बैठकको सुरुमै एमाले सांसदहरुले आआफ्नो सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ।

उनीहरुले पार्टीले कारवाही गरेका नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई बैठकमा उपस्थित हुन नदिनुपर्ने माग गर्दै सभामुखको राजिनामा समेत मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077