Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी राष्ट्रिय सम्मेलन: अन्य दललाई नबोलाइने, १५३३ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा अन्य राजनीतिक दल तथा विदेशी प्रतिनिधिलाई निम्तो नदिने बताएको छ।

बुधबार कोटेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन्।

महराका अनुसार ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नाराका साथ सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुनेछन्।

यस्तै, सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा आयोजक समितिबाट १ सय ७९ जना, विभिन्न आयोगबाट १ सय ७५, सल्लाहकारहरु, जेष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५, केन्द्रीय प्रतिनिधिका रुपमा २७ र बाँकी पाँच प्रतिशत मनोनित गरी एक हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

प्रवक्ता महराका अनुसार सम्मेलनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । हाल भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्नेलगायतका काम भइरहेका छन्।

सम्मेलन यही ११ पुसबाट काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077