Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनियाँ राजदूत फेरि सक्रिय, ओलीलाई भेटिन्

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

राजदूत होउले बुधबार ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीसँग डेढ घण्टा लामो भेटवार्ता गरेकी हुन्।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार हालै सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएपछि चिनियाँ राजदूतसँग पहिलोपटक भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक गतिबिधिबारे छलफल भएको भट्टराईको भनाइ छ।

भेटका क्रममा राजदूत यान्छीले अध्यक्ष ओलीलाई बधाइ तथा शुभकामना दिएको भट्टराईले बताए ।

नेपालको राजनीतिप्रति चासो राख्दै आएकी चिनियाँ राजदूत यान्छीले बेला बेला नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्ने गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077