Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ललिता निवास प्रकरण: सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राख्न अदातलतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललितानिवास जग्गा प्रकरणका पक्राउ परेका सुबेदी दम्पती (रामकुमार र माधवी)लाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।

सीआईबीद्वारा गएराती स्वयम्भूबाट पक्राउ परेका सुबेदी दम्पतीलाई बुधबार म्याद थपका लागि जिल्ला काठमाडौ अदातलतमा उपस्थित गराइएको थियो। सीआईबीका अनुसार अदालतले दुवै जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

सुवेदी दम्पती ललिता निवास प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर उक्त जग्गा हत्याउन बिचौलियाको भूमिकामा रहेको अनुसन्धानबाट खुलेको सीआईबीको दाबी छ।

सुवेदीले ४ वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा हडपिएको अनुसन्धानले पुृष्टि गरेपनि उनी हालसम्म फरार थिए ।

उक्त प्रक्ररणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध बिगो कैदसहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित विषेश अदातलमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077