Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सप्तरीबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

सप्तरी । लागुऔषध ब्राउन सुगरसहित सप्तरीबाट दुईजना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको सुपौल भिमनगर ग्राम पञ्चायत वडा नम्वर ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जय प्रकाश पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

डीएसपी काफ्लेका अनुसार दुबै जनालाई सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर २ स्थित पुर्व–पश्चिम लोकमार्गबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरिएको डीएसपी काफ्लेले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेको  भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077