Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘कुख्यात अपराधी’ चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी)  चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे कारण देखाउ आदेश जारी गरेको छ ।

बिहीबार सर्वाेच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शोभराजलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

शोभराजले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा १८ असोजमा न्यायाधीश मीरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश समेत जारी गरेको थियो।

यसअघि गत बर्षको चैत २० गते केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान समेत भएको थियो।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077