Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको एक विद्यालयमा तालाबन्दी गरेको छ ।

विद्यार्थी र आफूहरूसँग विद्यालयले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै क्रान्तिकारीले भूमिकास्थान नगरपालिका-१ पिपलनेटामा रहेको विश्व माध्यमिक विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।

विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको र हिसाबकिताब पारदर्शी नगरेको भन्दै करिब १ वर्षअघि अखिल क्रान्तिकारीकै नेतृत्वमा विद्यार्थी आन्दोलित भएका थिए । केही दिनमा हिसाबकिताब सार्वजनिक गर्ने सहमतिमा त्यसबेला विद्यार्थी आन्दोलन रोकिएको थियो ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा विद्यालय पुगेका उनीहरूले आज दिउसो क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077