Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घरायसी विवादमा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु

सिराहा। सिराहाको धनगढीमाई नगरपालिका– १४ मड्यानमा श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हान्दा  श्रीमानको मृत्यु भएको छ।

सिराहाको धनगढीमाई नगरपालिका– १४ मड्यानमा  घरायसी विवादका क्रममा गत मंगलबार अपराह्न श्रीमती ३७ वर्षीया हर्कमाया विश्वकर्माले चिर्पटले हान्दा अत्यधिक रक्तश्राव भई गम्भीर घाइते भएका करिब ४० वर्षीय टेकबहादुर विश्वकर्माको बुधबार साँझ मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीले हर्कमायालाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि राउ स्मारक अस्पतालमा राखिएको जनाएको छ । उनीहरुका एक छोरा, एक छोरी रहेका छन् । विश्वकर्माको ४ जनाको परिवार गाउँमा मजदुरी गरेर बस्दै आएको थियो । उनीहरुबीच मदिरा सेवन गरेर प्रायः झगडा हुने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077