Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शनिबार क्रिसमस: सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले क्रिश्चियन धर्मालम्वीहरुको महान् चाड क्रिसमको अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि क्रिसमसडेका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यस्तै, शुक्रबार मन्त्री कार्कीले मन्त्रिपरिषदको निर्णय सुनाउदै राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरिएको समेत बताए।

मन्त्री कार्कीका अनुसार यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु:

१) क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने

२) राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने

३) औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने

४) संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने

५) विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077