Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लागूऔषध नाइट्राभेटसहित कलंकीबाट सोलुखुम्बुका शेर्पा पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध नाइट्राभेट ट्यावलेटसहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोलुखुम्वु सल्लेरी-१ घर भई हाल कलंकी स्युचाटार वस्ने १८ बर्षीय विश्व शेर्पा रहेका छन् ।

शेर्पालाई शुक्रबार दिउँसो शंस्कास्पद रुपले हिडिरहेको अवस्थामा प्रहरीले चेक जाँच गरेको थियो।

प्रहरीका अनुसार उनको साथबाट नाइट्राभेट ट्यावलेट १२० पिस र ४०० ग्राम पोल्याण्ड जस्तो देखिने बस्तु समेत बरामद गरिएको  छ।

पक्राउ परेका शेर्पामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम प्रहरी वृत्त कालिमाटीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077