Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बेलायतमा एकैदिन थपिए १ लाख २२ हजारभन्दा बढी संक्रमित, ओमिक्रोन पनि बढ्दो

    बेलायतमा एकैदिन थपिए १ लाख २२ हजारभन्दा बढी संक्रमित, ओमिक्रोन पनि बढ्दो

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ ।

    यसअघि त्यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थिए । त्यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।



    त्यसपछि शनिबार मात्र त्यहाँ १ लाख २२ हजार १८६ जनामा सङ्क्रमण भएको हो । यो नै त्यहाँ कोरोना भाइरसको सङक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै सङ्क्रमित पाइएको बताइएको छ । बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।



    त्यसैगरी त्यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि त्यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ । त्यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।

    यसैगरी पछिल्लो २४ घन्टामा त्यहाँ १३७ जना कोरोना भाइरसका सङ्क्रमितहरुको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार