Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बेलायतमा कोरोनाको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

    बेलायतमा कोरोनाको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ ।

    त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार त्यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन् । शनिबार मात्र पनि त्यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा त्यहाँ सङ्क्रमण झन् बढेको पाइएको बताइएको छ ।



    त्यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन् ।



    अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड नाघेको जनाएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार त्यहाँ पछिल्लो २४ घन्टामा देखिएका सहित त्यहाँ यो भाइरसबाट अहिले सम्म १ करोड ४२ हजार जनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।

    बेलायतका स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा मात्र त्यहाँ यो सङ्क्रमणबाट व्यक्ति १२७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लो पटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन आग्रह गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार