Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बेलायतमा भेटियो कोरोनाको अर्को नयाँ भाइरस, ‘ओमिक्रोन बीए-२’ नामकरण

    बेलायतमा भेटियो कोरोनाको अर्को नयाँ भाइरस, ‘ओमिक्रोन बीए-२’ नामकरण

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । सन् २०१९ को डिसेम्बरमा छिमेकी मुलुक चीनको वुहान सहरमा पहिलो पटक देखा परेको कोरोना भाइरसले २ बर्ष बितिसक्दा पनि झन् झन् विकराल रुप लिँदै गएको छ।

    कोरोनाले महामारीको रुप लिएसँगै पहिलो, दोस्रो र तेस्रो चरण पार गरिसकेको छ । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई पुन:आक्रान्त बनाइरहेको बेला फेरि ओमिक्रोनकै सहप्रजातिको रुपमा अर्को नयाँ भाइरस देखिएको बताइएको छ ।



    रिपोर्टका अनुसार बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा ओमिक्रोनको सहप्रजाति देखिएको हो । उक्त सहप्रजातिको भाइरसलाई ओमिक्रोन बीए-२ नामकरण गरिएको छ, भने यसलाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ ।



    अहिलेसम्म उक्त भाइरसबाट ४२६ जनामा सो संक्रमण पुष्टि भएको बताइएको छ / यसअघिका विश्लेषणले नयाँ सहप्रजाति ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो, तथापी वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भेरियन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन् ।

    सहप्रजातिबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । सहप्रजातिले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्ने बारेमा प्रष्ट हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार