Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अमेरिकामा ओमिक्रोनको नयाँ रेकर्ड: दैनिक पाँच लाख संक्रमित, ८०% आईसीयूका बेडहरू भरिए

    अमेरिकामा ओमिक्रोनको नयाँ रेकर्ड: दैनिक पाँच लाख संक्रमित, ८०% आईसीयूका बेडहरू भरिए

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।

    सीएनएनका अनुसार जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले सघन उपचार एकाई (आईसीयू) मा ७८% बेडहरू भरिभराउ भएको जानकारी दिएका छन्।



    रिपोर्टका अनुसार यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । योसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।



    अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८% आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२% कोभिड-१९का बिरामीहरू छन् ।
    अन्य धेरै देशहरू जस्तै, अमेरिकाले पनि ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार