Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ओमिक्रोनको जोखिम उच्च: फ्रान्सलगायत अन्य ६ मुलकमा यात्रा नगर्न अमेरिकाको सुझाव

    ओमिक्रोनको जोखिम उच्च: फ्रान्सलगायत अन्य ६ मुलकमा यात्रा नगर्न अमेरिकाको सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात् ओमिक्रोन संसारभर पुन: फैलिदै गएको छ । केही हप्ताअघि मात्र अफ्रिकाका देशहरुमा देखा परेको यो भाइरस छोटो समयमा विश्वका प्राय देशहरुमा फैलिसकेको छ।

    ओमिक्रोनकै कारण अमेरिकाले फ्रान्सलगायत अन्य ६ मुलकहरुलाई यात्राको लागि उच्च जोखिमको सूचीमा राखेको छ।



    सिएनएनका अनुसार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले फ्रान्सलगायत साइप्रस, एन्डोरा, जोर्डन, पोर्चुगल, तान्जानिया र लिकटेन्सटाइनलाई ओमिक्रोनको उच्च जोखिमको सुचीमा राखेको छ।



    सो केन्द्रले फ्रान्स, साइप्रस, एन्डोरा, जोर्डन, पोर्चुगल, तान्जानिया र लिकटेन्सटाइनलाई नयाँ भेरियन्टको उच्च जोखिम भन्दै लेबल ४ मा राखेको समाचारमा उल्लेख गरिएको छ ।

    केन्द्रमा टर्की, सिंगापुर, बारबाडोस, मलेसिया र केम्यान टापुलाई समेत उच्च जोखिम भन्दै लेबल ४ मा नै राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार