Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

    भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.6K
    SHARES

    धनगढी । छिमेकी मुलुक भारतबाट फर्किएका ४ जना नेपालीहरुमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।

    सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो।



    मन्त्रालयले मंगलवार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट फर्किएका बझाङको बिथडचिर गाउँपालिका-२ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचोकी गाउँपालिका-७ का ४८ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका-२ का २९ वर्षीय पुरुष र कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिका-२ का ४२ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो ।



    एन्टीजेन पोजेटिभ देखिएकामध्ये एक सय ४६ जनाको परिक्षण गर्दा चार जनामा ओमिक्रोन भेटिएको मन्त्रालयको भनाइ छ।

    यस्तो छ मन्त्रालयको बिज्ञप्ति:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार