Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अमेरिकामा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

    अमेरिकामा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। अमेरिकामा ओमिक्रोंन भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनको संक्रमणबाट एक ५० वर्षीय पुरुषको मृत्यु भएको सीएनएनले जनाएको छ । अमेरिकामा  ओमिक्रोनको संक्रमणबाट अमेरिकामा मृत्यु भएको पहिलो घटना हो ।



    व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाएको र यसअघि कोरोनाभाइरसबाट संक्रमित भएको ह्यारिस काउन्टी पब्लिक हेल्थ कार्यालयले जानकारी दिएको छ ।



    अमेरिका पछिल्ला केहि दिन यता ओमिक्रोन संक्रमण बढिरहेको छ । नयाँ संक्रमित ७३ प्रतिशतभन्दा बढी ओमिक्रोनका केस भएको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) का अनुसार अमेरिकामा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोनको असर बढी देखिन थालेको छ । केही अनुसन्धान रिपोर्टले ओमिक्रोन अरु भेरिएन्टभन्दा सामान्य भएको उल्लेख गरेका छन् । अनुसन्धान जारी नै रहेकाले विज्ञहरूले खोप र बुस्टर सट लगाउन र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार