Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लकडाउन उलंघन गरेको भन्दै वेलायती प्रधानमन्त्री र चान्सलरलाई कारबाही

    लकडाउन उलंघन गरेको भन्दै वेलायती प्रधानमन्त्री र चान्सलरलाई कारबाही

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 936
    SHARES

    एजेन्सी । वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई कोभिड लकडाउनको समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएवापत प्रहरीले आर्थिक जरिबाना तिराउने भएको छ ।

    डाउनिंग स्ट्रिट नम्वर १० ले सन् २०२० को १९ जुनमा क्याविनेट रुममा आयोजित घन्टौं लामो सो पार्टीमा सहभागि भएको भन्दै जोहन्सनलाई निश्चित जरिबाना (एफपीएन) दिइने पुष्टि गरेको छ ।



    चान्सलर रिसी सुनक पनि यही कारबाहीमा परेका छन् । प्रधानमन्त्रीकी पत्नी क्यारी जोहन्सनले भने सोही घटनालाई लिएर आफूले एफपीएन भुक्तानी गरिसकेको जानकारी गराएकी छन् । निकै विवादास्पद हुन पुगेको उक्त डाउनिंग स्ट्रिट पार्टीमाथि मेट अनुसन्धान गरिएको थियो ।



    जोहन्सनको जरिबानाले उनी नियम तोडेवापत कारबाहीमा पर्ने कार्याकालमा रहेका पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार