Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ।

    स्थानीय संचार माध्यमहरुका अनुसार बिहीबार बिहान जोन्सन श्रीमती क्यारिले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् ।



    क्यारिले यसअघि सन् २०२० अप्रिलमा बिहेपूर्व पहिलो छोरी जन्माएकी थिइन् ।



    हाल बोरिसकी श्रीमतीको र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

    बेलायतको प्रधानमन्त्री निवासको कार्यालयभित्र खुलेआम लिभिङ टुगेदरमा बस्ने बोरिस दम्पती पहिलो अविवाहित जोडि हुन् । ५७ वर्षीय प्रधानमन्त्री बोरिस र ३३ वर्षीया क्यारि सन् २०२१ मेमा विवाह बन्धनमा बाँधिएका थिए ।

    बोरिस क्यारिका पहिलो श्रीमान हुन् भने क्यारि बोरिसकी तेस्रो श्रीमती हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार