Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बेलायती प्रधानमन्त्री जोन्सनलाई रुस प्रवेशमा रोक

    बेलायती प्रधानमन्त्री जोन्सनलाई रुस प्रवेशमा रोक

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई रुस प्रवेशमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा जारी युद्धबारे शत्रुतापूर्ण अडान लिएको भन्दै जोन्सनमाथि रुसले प्रतिबन्ध लगाएको हो ।

    विदेशमन्त्री लिज ट्रस, रक्षामन्त्री बेन वाल्लेस र अरू १० वरिष्ठ राजनीतिज्ञमाथि पनि यो प्रतिबन्ध लागु गरिएको छ । बेलायती मन्त्रिमण्डलका अधिकांश सदस्यहरू रुसको यस कारबाहीमा परेका छन् ।



    रुसले युक्रेनमा आक्रमण गरेयता बेलायतले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको जवाफमा यो कदम उठाइएको मस्कोले जनाएको छ ।



    गएको मार्चमा रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार