Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मस्को आक्रमण : पुटिनले लगाएको आरोपप्रति के भन्छन् जेलेन्स्की ?

    मस्को आक्रमण : पुटिनले लगाएको आरोपप्रति के भन्छन् जेलेन्स्की ?

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 363
    SHARES

    एजेन्सी । मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ ।

    १३७ जनाको मृत्यु हुने गरी भएको आक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बर्बर आतंककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय दिने वाचा गरेका छन्।



    शुक्रबार भएको उक्त नरसंहारले यो कन्सर्ट हललाई नरकमा परिणत गरेको थियो। आक्रमणकारीले मानिसलाई गोली प्रहरा गर्दै जलाएर मारेका थिए।



    उनीहरूले भवनमा आगो लगाएर खतरा निम्त्याएका थिए। रुसको अनुसन्धान एजेन्सीले सार्वजनिक गरेको भिडियोमा गोलाबारी भएको भवनको छाना खसेको देखिन्छ । रुसले अहिलृ पनि उक्त भवनबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

    कन्सर्ट हलमा मारिएका हरुलाई गुलाफ र फूलका साथै श्रद्धाञ्जली अर्पण गर्न आउने मानिसहरूले पुतली र खेलौना पनि राखेका छन् । मारिनेमा बालबालिका पनि थिए। यहाँ आउने जनतामा दुःख र आक्रोश दुबै छ । तर, रूसमा यो आक्रमणको प्रतिक्रिया फरक छ।

    रुसी अधिकारीहरूले यस आक्रमणको पछाडि युक्रेनको हात रहेको दाबी गरिहरेका छन् । शनिबार जारी गरिएको एक टिभी सन्देशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार आक्रमणकारी युक्रेनतर्फ भाग्दै गर्दा पक्राउ गरिएको बताएका छन् ।

    पुटिनले भनेका छन,’यी आक्रमणकारीहरूलाई युक्रेन प्रवेश गर्ने बाटो तयार गरिएको थियो।’

    किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले आफूहरूमाथि दोष थोपर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

    सार्वजनिक टेलिभिजन च्यानल रसिया २४ ले भनेको छ, ‘यो मानवीय त्रासदीमा आफ्ना प्रियजनहरू गुमाउनेहरूसँग सम्पूर्ण मुलुक शोकमा छ ।’

    पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई पनि जोडीएको छ । शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए ।

    आक्रमणमा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, ‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो।’

    एसआइटिई गुप्तचर समूहका अनुसार बन्दुकधारीहरूले गोली हानेको करिब एक मिनेट र आधा मिनेट लामो भिडियो सामान्यतया आइएसले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा पोस्ट गरिएको छ । भिडियो कन्सर्ट स्थलको लबीबाट खिचिएको जस्तो देखिन्छ ।

    यसमा धमिलो अनुहार र अस्पष्ट आवाजसहितका धेरै मानिसलाई राइफलले गोली हानिरहेको तथा भुइँमा छरपस्ट निष्क्रिय शरीर र पृष्ठभूमिमा आगो लागिरहेको देखिन्छ ।

    सन् २००४ मा बेसलान विद्यालयको घेराबन्दीपछिको उक्त हमला रुसमा सबैभन्दा घातक हमला थियो । रुसी अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने अनुमान गरेका छन् । अस्पतालमा अझै एक सय १० जनाको उपचार भइरहेको छ ।

    (बीबीसीसँगको सहकार्यमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार