Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

    सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 702
    SHARES

    काठमाडौं । सरकारले रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक लगाएको छ । वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गर्दै युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक लगाएको हो ।

    नेपालीहरू रुसी सेनामा भर्ना भई ज्यान गुमाउनुपरेको तथ्यलाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृतिमा रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।



    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, र’सिया तथा युक्रेनबीच युद्ध भइरहेको र नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको सन्दर्भमा अध्ययन तथा छानविन भइरहेकाले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिक रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्युनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।’



    रुसी सेनामा भर्ना भएका हालसम्म १० जना नेपालीको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार