Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुसमा आजदेखि राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु

    रुसमा आजदेखि राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 282
    SHARES

    एजेन्सी । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबारदेखि मतदान सुरु भएको छ। आजबाट तीन दिन अर्थात आइतबारसम्म मतदान हुनेछ ।

    तर भरोसायोग्य प्रतिपक्षको अभावबिच यो निर्वाचन औपचारिक मात्र हुनेछ । निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ पटक जित्ने सम्भावना छ ।



    रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु भएको छ ।



    यसअघि राष्ट्रपति पुटिनले बिहीबार रुसी मतदातालाई देशका लागि यो कठिन समयमा आफूलाई मतदान गर्न अपिल गरेका थिए ।

    पुटिनले यो चुनाव जिते भने उनी सन् २०३० सम्म यो पदमा रहनेछन् । सन् २००८ देखि सन् २०१२ बिचको प्रधानमन्त्रीको रूपमा चार वर्षको कार्यकाल छाड्ने हो भने भ्लादिमिर पुटिन सन् २००० को मे देखि रुसको राष्ट्रपति छन् ।

    यसैबिच युक्रेनले रुसको चुनावलाई ‘प्रहसन’ भन्दै सीमा क्षेत्रमा घातक हमला गर्न थालेको छ । रुसी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई भने मतदानको क्रममा प्रदर्शन गर्दा नराम्रो परिणामहरू आउने सक्ने चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार