Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् : रुसका सेना र हतियार चाँडै सकिन्छन्

    बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् : रुसका सेना र हतियार चाँडै सकिन्छन्

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाँडै नै सेना र हतियार सकिएपछि रुसको युक्रेनमा अघि बढ्ने गति रोकिने बताएका छन् ।

    उनले युरोपेली सञ्चारमाध्यमसँग यस्तो बताएका हुन् । जोन्सनले जस्तै बेलायती गुप्तचर निकायले पनि यस्तै भविष्यवाणी गरेको छ ।



    जोन्सनले आफूले औद्योगिक राष्ट्रहरूको समूह जी ७ लाई रुसी फौजसँग प्रतिकार गर्नका लागि युक्रेनलाई विभिन्न उपकरण दिएर थप सहयोग गर्न अनुरोध गर्न चाहेको पनि बताएका छन् ।



    जर्मन अखबार सुडेउत्स्चे जेइटुंगसँगको कुराकानीमा जोन्सनले भनेका छन्, ‘मेरो विचारमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा भूमि कब्जा गर्ने सिलसिलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले थुप्रै योद्धा र हातहतियार गुमाइरहेका छन् ।

    हाम्रो रक्षा गुप्तचर निकायका अनुसार केही महिनापछि नै रुससँग युद्ध जारी राख्न आवश्यक सबै श्रोत र साधनहरू सकिने छन् ।’ त्यतिबेला युक्रेनीहरुलाई सशक्त ढंगले अघि बढ्न मद्दत गर्नुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार