Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बेलायती प्रधानमन्त्री भन्छन् -कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन

    बेलायती प्रधानमन्त्री भन्छन् -कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड-१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन्।

    पछिल्ला केही दिनहरुमा अमेरिकी संचार माध्यमहरुलगायत केही वैज्ञानिकहरुले चीनको वुहानबाट लिक भएको भन्नेबारे अनुसन्धान गर्नुपर्ने भन्दै लागिपरेका बेला बेलायती प्रधानमन्त्री जोन्सनले भने यस्तो बताएका हुन्।



    आज प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि-७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने,’ शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिक भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।



    सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए।

    उनले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार