Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रज्ञा भवन पुगे एमाले महासचिव शंकर पोखरेल, को-को छन् सहभागी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । सो महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका शीर्ष नेता तथा पार्टी प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने नआउने भएका छन्। उनले आफ्नो स्थानमा एमाले महासचिव शंकर पोखरलाई प्रतिनिधिको रुपमा पठाएका छन्।

पोखरेल अन्य शीर्ष नेताहरु भन्दा केही ढिलो कार्यक्रममा आइपुगेका छन्।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाहीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077