Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्डको भाषणको प्रशंसा गर्न बक्तब्य नै जारी गरे वामदेवले

काठमाडौं । एमाले र माओवादी केन्द्र छुट्टिएपछि पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषणको प्रशंसा गरेका छन्।

गौतमले वक्तव्य नै जारी गरी काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै उनको प्रशंसा गरेका हुन् ।

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ–‘माओवादी आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले शुभकामना दिने सबै अतिथिहरुको मुक्तकण्ठले प्रशंसा गर्दै धन्यवाद दिनुभयो । आफ्नो विचार पनि संक्षिप्त रुपमा र तर्कयुक्त राख्नु भयो । उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंस्कृत र भव्य देखिनुभयो । प्रचण्डजीलाई धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077