Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राउत नेतृत्वको आमहड्ताल असफल पार्न सिरहामा दुई दिनका लागि निषेधाज्ञा जारी

सिरहा ।जनमत पार्टी केहि दिन अघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामको कारण सर्वसाधारणलाई पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ ।

 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको हो ।

 

आज (१३ पुष) बिहानको ५ बजेबाट भोली (१४ पुष) बेलुका ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077