Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डको दस्तावेजमा बाबुरामको असन्तुष्टि : 'निर्दोष कार्यकर्ता झुक्याएर असली बाजेको पेडा बेच्ने होडबाजी'

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दस्तावेजमा  (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि  व्यक्त गरेका छन् । दस्ताबेजमाथि टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘निर्दोष कार्यकर्ता झुक्याएर असली बाजेको पेडा बेच्ने होडबाजी’ चल्ने र केही वर्ष अबोध कार्यकर्ता अझै झुक्किने बताएका हुन् ।   उनले सामाजिक संजालमा लेखेका छन् - माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो।फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो!अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए!शुभकामना!

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077