Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार बढी

    १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार बढी

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको जानकारी दिएको छ । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने छ ।

    शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि  लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको हो ।



    सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।



    योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ ।

    यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार