Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतको पिथौरागढमा दुई नेपाली मजदुरको शव फेला

एजेन्सी । भारतको उत्तराखण्डको पिथौरागढमा दुई नेपाली मजदुर मृत फेला परेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार पिथौरागढको गुरौली गाउँमा आफ्ना साथीहरुसँग बस्दै आएका उनीहरु मृत फेला परेका हुन्।

समाचारका अनुसार सोमबार साँझ उनीहरु ४ किलोमिटर टाढा रहेको कनालिछेना बजार गएका थिए । तर, उनीहरु फर्केनन् ।मंगलबार बिहान अर्का नेपालीले मजदुरलाई उनीहरुलाई फेला पारेर प्रहरीलाई खबर गरेको समाचारमा उल्लेख छ।

यद्यपि उनीहरुको नाम र ठेगाना भने खुलेको छैन । प्रहरीले उनीहरुको शव पोस्ट मार्टमको लागि पठाएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077