Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन बन्द गर्ने सीके राउतको घोषणा

रामनारायण यादव / जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजगर्म अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।

पार्टीका अध्यक्ष डा. राउतले बुधवार एक विज्ञप्ति जारी गर्दै पुस १५ गतेदेखि पूर्व–पश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने उल्लेख गरेका छन्।

किसान आन्दोलनका ७ बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको जनमत पार्टीले जनाएको छ ।

मन्त्रीस्तरीय-उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतको पार्टीले आरोप लगाएको छ ।

यस्तै, आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनौं राउन्ड अश्रुग्यास प्रहार, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको जनमत पार्टीको ठहर छ ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा ४ जना किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टीले मधेशका विभिन्न जिल्लाहरुमा आन्दोलन सुरु गरेको थियो ।

किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आन्दोलनलाई थप सशक्त पार्दै अनिश्चितकालका लागि राजमार्ग बन्दको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077