Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानमा मस्जिद भत्काउने आदेशलाई लिएर हंगामा, इस्लामिक नेताहरुले दिए अदालतलाई धम्की

काठमाडौँ । गत मंगलबार पाकिस्तानको सर्वोच्च अदालतले कराँचीको तारिक रोडस्थित पार्कको जग्गामा बनेको मदिना मस्जिद भत्काउन आदेश दिएको थियो।

संचारमाध्यमका अनुसार पाकिस्तानका प्रधानन्यायाधीश गुलजार अहमदको अध्यक्षतामा रहेको इजलासले सर्वोच्च अदालतमा उक्त मुद्दाको सुनुवाइ गर्दै एक साताभित्र पार्कको जग्गा खाली गर्न आदेश दिएको थियो।

अदालतमा सुनुवाइका क्रममा कराँचीका प्रशासक मुर्तजा वहाब र सहरका आयुक्त उपस्थित थिए। सुनुवाइका क्रममा न्यायाधीश गुलजार अहमदले मुर्तजा वहाबलाई सोधे, 'पार्कको जग्गामा अवैध निर्माण कसरी भयो ?'

जियो टिभीको समाचार अनुसार मुर्तजाले जवाफमा भनेका थिए, 'अदालतले कुनै आदेश दिएमा पालना गर्छु।'

न्यायमूर्ति गुलजारले निराशा व्यक्त गर्दै भने, 'म तपाईको व्यवहारबाट छक्क परेको छु । यो तपाईको काम हो र तपाई अदालतको निर्णयको पर्खाइमा हुनुहुन्छ। यो एक आवासीय क्षेत्र हो। के तपाई अफिस जानु हुन्छ त्यहाँ बस्न, चिया पिउन र च्याट गरेर घर फर्कन्छु ?'

'तपाईले यो सहरको लागि के गर्नुभयो ? यो सहरले ठूलो क्षति बेहोरेको छ र यसलाई ठीक गर्न भत्काउन आवश्यक छ। जहाँ चार जनाको घर छ, त्यहाँ ४० परिवार बस्छन्। यो सहरलाई जर्मनी, जापान र पोल्याण्ड जस्तै पुनर्निर्माण गर्न आवश्यक छ।'

सर्वोच्चको यो आदेशपछि  पाकिस्तानका इस्लामिक नेताहरू आक्रोशित भएका छन् । उनीहरुले मस्जिद भत्काएर देखाउन चुनौती समेत दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077