Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल

    राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    बाँके । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भएको गुनासो गरेका छन् । नेकपा (एमाले) बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमाले विरुद्ध गठबन्धन भएको दाबी गरे ।

    “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”



    एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारे । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।



    कार्यक्रममा रामकुमार दीक्षितको नेतृत्वमा पार्टीमा आएका नेता तथा कार्यकर्तालाई उनले स्वागत गरे । सो अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल, सहइन्चार्ज मोहम्मद हारुन हलवाई र जिल्ला अध्यक्ष निरक गुरुङलगायतले बोलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार