Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आमा बन्दै अभिनेत्री काजल अग्रवाल

    आमा बन्दै अभिनेत्री काजल अग्रवाल

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै मनोरञ्जन जगतबाट पनि ठूलो खुसीको खबर आएको छ । केही समययता बलिउड अभिनेत्री काजल अग्रवाल गर्भवती भएको अड्कलबाजी चलिरहेको थियो । तर,अब फ्यानहरुको उक्त अनुमानलाई काजलका श्रीमान् गौतम किचलुले पुष्टि गरिदिएका छन् ।

    गौतम किचलूले इन्स्टाग्राममा काजल अग्रवालको तस्बिर सेयर गरेका छन् । तस्विरमा उनी पहेँलो कलरको ड्रेसमा छिन् र निकै सुन्दर देखिएकी छिन् ।अभिनेत्रीको तस्बिर सेयर गर्दै गौतमले लेखेका छन्– ‘२०२२, अब हामी तपाईको पक्षमा छौं । यससँगै गौतमले ‘एर प्रेग्नेन्ट लेडी’ को इमोजी सेयर गर्दै  सबै सुन्दर अभिनेत्रीहरुलाई धेरै धेरै बधाई दिएका छन्।



    View this post on Instagram

    A post shared by Gautam Kitchlu (@kitchlug)



    नयाँ वर्षसँगै काजलका फ्यानहरुको खुसी दोब्बर भएको छ । यसअघि काजलको सार्वजनिक उपस्थिति र सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरहरूमा फ्यानहरूले उनको बेब बम्प देखेका थिए । त्यसयता नायिका गर्भवती भएको चर्चा चलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार