Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कोरोना कहरमै बैबाहिक बन्धनमा बाँधिदै काजल अग्रवाल

    कोरोना कहरमै बैबाहिक बन्धनमा बाँधिदै काजल अग्रवाल

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 4.8K
    SHARES

    एजेन्सी । साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल बैबाहिक जीवनमा बाँधिने भएकी छन् ।

    उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।



    कोरोनाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहनेछ । विवाहको बारेमा जानकारी दिँदै उनले भनेकी छन्, ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं । म विश्वस्त छु कि तपाईंहरु पनि खुसी हुनुहुन्छ ।’ काजललाई साउथकी सबैभन्दा सुन्दरी अभिनेत्री भन्ने गरिन्छ ।



    उनी गएको १६ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् । ‘क्यों हो गया ना’ बाट अभिनय करिअर सुरु गरेकी उनले साउथसँगै बलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् ।

    १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको फिल्म ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार