Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीमा ७ जना जुवाडे पक्राउ

    कैलालीमा ७ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.2K
    SHARES

    कैलाली । कैलालीमा शनिबार राति सात जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय टेकराज खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टेकराज खनालसहित कैलालीको गौरीगंगा नगरपालिका-१० का २६ वर्षीय भुमिराज चौधरी, सोही ठाउँका २५ वर्षीय अरबिन चौधरी र ३२ वर्षीय रमेश कठरिया रहेका छन् ।



    यस्तै सोही ठाउँका २८ वर्षीय ज्ञानेन्द्र कठायत, कैलारी गाउँपालिका-८ का ३६ वर्षीय भिकराम चौधरी र सोही ठाउँका ३६ वर्षीय टेकबहादुर साउद रहेका छन् ।



    उनीहरुको साथबाट ४२ हजार ६२५ नगद रुपैँया समेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार