Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • र्‍यापर ‘लाउरे’ एक वर्ष जेल जान सक्ने, सेवनकर्ता मात्रै भएको प्रहरी दाबी

    र्‍यापर ‘लाउरे’ एक वर्ष जेल जान सक्ने, सेवनकर्ता मात्रै भएको प्रहरी दाबी

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.3K
    SHARES

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर आशिष रानामगर ‘लाउरे’ लागूऔषध प्रयोगकर्ता मात्रै भएको निष्कर्ष निकालेको छ।

    गत पुस १४ गते पोखराको न्युरोडबाट लागूऔषध किन्दै गरेका बेला पक्राउ परेका लाहुरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतको भनाइ छ।



    प्रहरी स्रोतका अनुसार लाहुरेसहित पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता रहेका गुरुङ छन् ।



    लाउरेसँगै पक्राउ परेकाहरुको साथबाट प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागुऔषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागु औषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।

    पक्राउ परेका लाहुरेलाई लागूऔषध प्रयोगकर्ताको मुद्दा चलाएमा १ वर्षसम्म कैद सजाय हुनसक्ने प्रहरी स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार