Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • र्‍यापर लाउरेसहित चारै जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    र्‍यापर लाउरेसहित चारै जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.2K
    SHARES

    कास्की । जिल्ला अदालत कास्कीले लागूऔषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्‍यापर ‘आशिष राना’ लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत पुष १४ गते राति पोखरा लेकसाइडबाट पक्राउ परेका लाहुरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।



    उनीहरुलाई गत बुधबार २१ गतेदेखि लागु हुनेगरी थप अनुसन्धान गर्न १७ दिन हिरासतमा राख्न अनुमति दिइएको प्रहरीको भनाइ छ।



    प्रहरीले लाउरेसहित ध्रुबबहादुर थापा, नविनकुमार गुरुङ र सुस्मिता गुरूङलाई जाल्पारोडमा ब्राउनसुगर खरिद-बिक्री भइरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको थियो।

    उनीहरूमाथि ब्राउनसुगर कारोबार गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार