Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीके राउतलाई प्रश्न- पार्टीको नाम जनमत नराखेर बाहुबली राखेको भए के हुन्थ्यो ?

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाली कांग्रेसले आफ्नै देशका जनतालाई तोप आक्रमण गरेको बताएका छन्।

अध्यक्ष राउतले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा कांग्रेसले प्लेन अपहरणगरेर आफ्नै देशका कार्यकर्तामाथि तोप हानेको आरोप लगाएका हुन्।

प्रस्तोता बानियाँले तपाईंको पार्टीको नाम जनमत पार्टीको सट्टा बाहुबली राखेको भए के हुन्थ्यो भन्ने प्रश्नको जवाफमा राउतले उल्टै प्रश्न गर्दै भने, के हाम्ले १७ हजार मानिस मार्यौं ? कांग्रेसले जस्तो आफ्नै देशका जनतालाई तोप आक्रमण गर्यौं ?

राउतसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । उक्त भिडियोको क्लिप अहिले युट्युवमा हजारौंले हेरेका छन्।

https://www.youtube.com/watch?v=gz0fR7Ehs4c

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077