Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो।

पदाधिकारीसहित १३४ जना कार्यसमिति महाधिवेशनले निर्वाचित गरेको थियो। यसै गरी पार्टी सभापति शेरबहादुर देउवाले शनिवार र आइतवार गरी १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077