Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी केन्द्र प्रचण्डको पारिवारिक पार्टी भएको गोकुल बाँस्कोटाको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पारिवारिक पार्टी भएको टिप्पणी गरेका छन्।

काठमाडौँमा जारी माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले आफ्ना भाइ नारायण प्रसाद दाहाल, छोरी रेनु दाहाल र बुहारी बिना मगरलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

सामाजिक संजालमा बाँस्कोटाले लेखेका छन्, ‘दाई +भाई+बा + छोरी+ससुरा+बुहारी + मनोनीत हुन बांकी ज्वांई = परिवार पार्टी पनि देखियो नेपालमा !!!।


माओवादीले आठौं महाधिवेशनबाट आइतबार २३६ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मत पारित गरेको थियो । जसमा प्रचण्डको परिवारमा उनीसहित ४ जना केन्द्रीय सदस्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077