Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा सीके राउतका कार्यकर्ताले आज पनि ट्रक जलाए, चालक र सहचालक घाइते

रामनारायण यादव / सिरहा । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्तिथ बतहाखोला नजिक एक मालबाहक ट्रकमा आगजानी गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पुर्याएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख १००९ नम्वरको ट्रकमा आगजानी गरेको हो । समूहमा आएका जनमतका कार्यकर्ताहरुले ट्रकमा जथाभावी ढुङ्गामुढा गरेको गाडी धनिसमेत रहेका चालक विजय साहले बताए ।

उनका अनुसार ढुङ्गाले चोट लागेपछि आफूले आत्तिएर गाडी रोक्ने वित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छरेर आगजानी गरेको बताए । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको जनाएको छ ।

आगो प्रहरीको सहयोगले नियन्त्रणमा लिएपनि ट्रक पूर्णरुपले जलेको बताइएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्वर ९ का साहले पाँच कठ्ठा बैंकमा धितो राखेर दुई वर्ष अगाडी ट्रक किनेको बताए । उनले ऋण समेत सधाउन नसकी गाढी जलेपछि उनी चिन्तित बनेका छन् ।

जनमतका कार्यकर्ताहरू छापामार शैलिमा सडकमा आई गाडी तोडफोड र आजगानी गरिरहेका छन् । जसको आलोचना हुन थालेको छ । पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चित कालिन तराई मधेसको दिवाकालिन सडक जामको आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077