Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्ता गठबन्धनको बैठक: राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट, यसरी मिलाइयो भागबण्डा

    सत्ता गठबन्धनको बैठक: राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट, यसरी मिलाइयो भागबण्डा

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सकिएको छ ।

    बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएको स्रोतको भनाइ छ ।



    स्रोतका अनुसार आगामी २० फागुनदेखि खाली हुने राष्ट्रिय सभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको छ ।



    त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबन्डा गरिएको छ । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् ।

    एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार