Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डाको अन्त्य हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटबन्दी र भागबन्डाको अन्त्य गर्ने बताएका छन् ।

आज नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीको दुर्गाफाँटमा गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुटबन्दी र भागबन्डा अन्त्य गर्दै विधानसम्मत पार्टी चलाउने बताएका हुन् ।

उनले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने तथा बेरोजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताए । कतार तथा मलेसियामा गएका युवाहरूलाई देशमै रोजगारी सृजना गर्ने कांग्रेसको अबको रणनीति हुने उल्लेख गरे ।

महामन्त्रीमा निर्वाचित भएपछि काठमाण्डौ उपत्यकाबाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले पालिका चुनाव वैशाखमा हुने तथा प्रदेश र सङ्घको चुनाव मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यक्रताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077